परराष्ट्रमन्त्री डा. राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडाैं | असोज ५, २०८१
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ ।
सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।
क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा हाल क्यानाडा हुनुहुन्छ ।
सो भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावरलगायत विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा राणाले उहाँमार्फत् रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको थियो ।
वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चासो देखाउनुभएको थियो ।
त्यस्तै दुई देशबीचको द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

